साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, १२ भदौ । राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरु हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।
नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि भिडन्त पक्का गरेका हुन् । दुवै खेलमा एकएक गोलको नतिजा आएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टीबाट गरिएको थियो ।
नेपाल र भारत समूह चरणमा पनि भिडेका थिए । जसमा नेपाल विजयी भएको थियो ।
सुरुका दुई संस्करणको उपाधि जिते यता थप ३ संस्करणमा फाइनल पुग्न पनि असफल नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ । उता, बंगालदेशपनि यसअघिका संस्करणमा भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित हुन पुग्दै आएको टिम हो ।
बंगलादेश पनि नयाँ इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने छ । दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल खेल उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिएका छन् । उनीहरुले समूह चरणमा गरेका गल्तीलाई सुधार गर्दै फाइनल खेल्ने बताएका हुन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्