साफ यु–२० फुटबल : बङ्गलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त
काठमाडौँ, भदौ १० गते । साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा बङ्गलादेशले बाजी मारेको हो ।
टाइब्रेकरमा भारतको पहिलो प्रहार बङ्गलादेशका गोलरक्षकले विफल पार्नुभएको थियो । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो । फाइनलमा बङ्गलादेशले आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमै ४–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । नेपाल र बङ्गलादेशबिचको फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुनेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपालसँग उपाधि भिडन्त, #साफ यु–२० फुटबल : बङ्गलादेश फाइनलमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्