नेपालको एसिया कप यात्रा टुंगियो : भारत र पाकिस्तान सेमिफाइनलमा
काठमाडौ । महिला एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै घर फर्किएको छ। समूह चरणको अन्तिम खेलमा मङ्गलबार साँझ श्रीलङ्काको डम्बुला मैदानमा बलियो प्रतिद्वन्द्वी भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको यात्रा टुंगिएको हो। तीन खेलमा एक जित र दुई हार खाएको नेपाल समूह चरणबाटै बाहिरिएको हो।
समूह चरणको अन्तिम खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले नेपाललाई १७९ रनको चुनौती दिएको थियो। मात्र तीन विकेटको क्षतिमा भारतले नेपालविरुद्ध १७८ रनको विशाल रन बनाएको हो।
भारतका लागि शफाली वर्मामाले शानदार अर्धशतक प्रहार गर्नुभयो। उहाँले ४८ बलको सामना गर्दै १२ चौकाको मद्दतमा ८१ रन बनाउनु भएको हो। दयालन हेमलताले ४७ रन बनाउँदा जेमिमाह रोड्रिग्जले नटआउट २८ रन जोड्नुभएको थियो।
नेपालका लागि सीता राना मगरले दुई र कविता जोशीले एक विकेट हात पार्नुभयो।
१७९ रनको लक्ष्य पछ्याएको नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रन जोड्नुभयो। रुबिना क्षेत्रीले १५, इन्दु शर्माले १४, सम्झना खड्का ७, कविता कुवर ६, डोली भट्ट ५, कविता जोशीले दुई रन बनाउँदा पूजा महतो शून्यमै आउट हुनुभयो। बिन्दु रावलले नटआउट १७ रन बनाउँदा सबनम राईले १ रन जोड्नुभयो। नेपालले ९ विकेटको क्षतिमा ९६ रन बनाएको हो।
भारतका लागि दिप्ती शर्माले तीन विकेट हात पर्नुभयो। अरुन्धती रेड्डी र राधा यादवले दुईदुई विकेट हात पार्दा रेणुका सिंहले एक विकेट लिनुभयो।
पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। समूह ‘ए’बाट नेपाल र यूएई बाहिरिँदा भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका छन्। भारत समूहको विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।
समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। यो समूहबाट सेमिफाइनल पुग्ने टिमको टुंगो बुधबार लाग्नेछ। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।
समूह ‘बी’को श्रीलङ्का चार अङ्कसहित शीर्ष स्थानमा छ। थाइल्याण्ड र बङ्गलादेश समान दुई अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको मलेसिया अङ्कविहीन छ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला एसिया कप टोलीमा पूर्व कप्तान रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट सहभागी थिए।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपालको एसिया कप यात्रा टुंगियो : भारत र पाकिस्तान सेमिफाइनलमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्