महिला एसिया कपमा नेपालको विजयी सुरुवात : यूएई ६ विकेटले पराजित
काठमाडौँ, साउन ४ गते । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ ।
श्रीलङ्काकाे ‘डांबुला स्टेडिएम’मा भएको खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ११८ रन बनाउँदै भेट्टाएको हो ।
नेपालको जितमा सम्झना खड्काले ४५ बलमा नटआउट ७२ रन बनाउनुभयो । उहाँले ११ चौकाको मद्दतमा शानदार अर्धशतक बनाउनुभएको हो । उहाँको यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पहिलो अर्धशतक हो ।

नेपालका लागि रुविना क्षेत्रीले ८ बलमा १० रन जोड्दा कप्तान इन्दु बर्माले १० बलमा ६ रन जोड्नुभयाे । सीता रानामगर १७ बलको सामना गर्दै ७ रन जोडेर आउट हुँदा कविता कुँवरले २ रन जोड्नुभयो भने पुजा महतो ७ रनमा नटआउट रहनुभयो ।
यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पार्नुभयो ।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउनुभएको थियो। समूह ‘ए’को नेपालले अब समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।




क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #महिला एसिया कपमा नेपालको विजयी सुरुवात : यूएई ६ विकेटले पराजित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्