युरिक एसिडको बाथ भनेको के हो ? यस्ता छन् लक्षण र उपचार
दिनहुँ सेवन गर्ने खाद्य पदार्थ पाचन हुने क्रममा शरिरमा उत्पादन हुने विकार तत्व ‘युरिक एसिड’ को मात्रा रगतमा सामान्य भन्दा बढी देखा परेर विशेषत जोर्नीहरुमा असर भएको अवस्थालाई युरिक एसिड बाथ (Gout or Gouty Arthrits) भनिन्छ ।
वयस्क पुरुषको शरिरमा प्रति १०० मिलिलिटर रगतमा ७ र महिलामा ६.२ मिलिग्रामसम्म युरिक एसिड हुनु सामान्य नै मानिन्छ । तर सो भन्दा बढी भएमा जोर्नीहरुमा खराब प्रभाव देखिन्छ र जोर्नीहरुमा युरिक एसिड क्रिस्टलको रुपमा जमेर जोर्नी सुन्निने र दुख्ने हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढेको देखिए तापनि धेरैजसो व्यक्तिहरुमा कुनै लक्षण नदेखिने विभिन्न अध्ययनबाट देखिएको छ ।
पश्चिमी देशको तथ्याङ्कको आधारमा भन्नु पर्दा ३० वर्ष माथिका पुरुष र ५० वर्ष माथिका महिलाहरुमा कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरैजसो विरामीमा गोडाको बुढीऔंला, गोलीगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग छिप्पिदै गएपछि भने घुडा तथा हातका जोर्नीहरुमा पनि असर पर्न सक्छ ।
क्याटेगोरी : विशेष
ट्याग : #युरिक एसिड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्