साँखुमा भूमीसुधार मन्त्री पद्मा अर्याललाई स्थानियको कालो झण्डा
काठमाडौं साउन १३ । भूमिसुधार मन्त्री पद्मा अर्याललाई काठमाडौंको साँखुमा कालो झण्डा देखाइएको छ ।
कालोझण्डा देखाउनेक्रमा स्थानीयलाई प्रहरीले धरपकड गरेको थियो ।
सोमबार दिउँसो १२ बजे मालपोत कार्यालय उद्घाटन गर्न साँखु पुगेकी उनलाई स्थानीयले नारा लगाउँदै कालो झण्डा देखाएका हुन् ।
टाउकोमा कालो फेटा बाँधेका प्रदर्शनकारीलाई प्रहरीले गरेको धरपकडका बाबजुद कालो झण्डा देखाएका हुन् । सरकारले गुठी विधेयक फिर्ता लिएपनि काठमाडौंका नेवार समुदायले सो विधेयक खारेजीको माग राख्दै प्रर्दशन गर्दै आइरहेका छन् ।

मालपोत कार्यालयको उद्घाटन सकेर फकर्ने क्रममा मन्त्री अर्याललाई कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरले कालो झण्डा देखाइएको हो ।
यसअघि साँखुका स्थानीयले बाटो मर्मतको माग गर्दै सोही क्षेत्रका सांसद एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालकै अगाडि मुर्दावादको नारा लगाएका थिए ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्