बालाजुका वडाध्यक्ष रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौँ, ३१ असार । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन् ।
आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष रिजालको हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नै हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिनुभयो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।
कार्कीले अटो पार्ट्सका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको तर यसबारे थप जानकारी आफूलाई नभएको बयान दिएको बताइएको छ ।
वडाध्यक्ष रिजालले भन्नुभयो, “उहाँले क्लोजिङका लागि फाइल दर्ता शाखामा पेश गर्नुभएछ, मेरो स्टाफले नक्कली हस्ताक्षर भएको आशङ्कामा म कहाँ फाइल ल्याएपछि हस्ताक्षर नक्कली नै भएको पाइएपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौँ ।” –रासस
क्याटेगोरी : विशेष
ट्याग : #मुकुन्द रिजाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्