सरकारसँग वार्तामा बस्ने विप्लव समूहको निर्णय
२७ असार, काठमाडौँ । नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार भएको छ ।
विप्लव समूहले यसअघि प्रहरीले पक्राउ गरेका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरेसम्म वार्तामा नबस्ने भन्दै आएको थियो । विप्लव समूहले वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी समेत दिएको छ ।
नेकपा विप्लव समूहको एक साताअघि बसको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र मार्फत प्रस्ताव गरे वार्तामा बस्ने निर्णय गरेको हो । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझाव अनुसार वार्तामा बस्ने निर्णय गरेको विप्लव समूहले जनाएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #विप्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्