१७ घण्टा पछि खुल्यो अवरुद्ध कोशी राजमार्ग
भेडेटार । शनिबार साँझदेखि अवरुद्ध कोशी राजमार्ग १७ घण्टापछि सञ्चालनमा आएको छ। शनिबार साँझ करिब ७ बजेबाट धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमाटिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको थियो।
ओरालो बाटोमा ब्रेक फेल भएका टिपरले स्कारपियोलाई ठक्कर दिएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवरुद्ध सडक आइतबार दिउँसो १२ बजेपछि सञ्चालन भएसँगै रोकिएको दर्जनौं सवारी साधन गन्तव्य तर्फ लागेको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो।
दुर्घटनापछि विराटनगरबाट क्रेन ल्याएर सडक खुलाउने प्रयास भएपनि रात परेको र एउटा मात्र क्रेनले नसकेपछि अर्को क्रेन ल्याउँदा समय लागेको हो।https://www.sajhapana.news/news/65733/
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
आइतबार पुन अर्को क्रेन ल्याएर दुइवटा क्रेनको सहायता सडक सञ्चालनमा आएको हो।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : #hot, #असुरक्षित सडक, #दुर्घटना, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्