१७ घण्टा पछि खुल्यो अवरुद्ध कोशी राजमार्ग
भेडेटार । शनिबार साँझदेखि अवरुद्ध कोशी राजमार्ग १७ घण्टापछि सञ्चालनमा आएको छ। शनिबार साँझ करिब ७ बजेबाट धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमाटिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको थियो।
ओरालो बाटोमा ब्रेक फेल भएका टिपरले स्कारपियोलाई ठक्कर दिएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवरुद्ध सडक आइतबार दिउँसो १२ बजेपछि सञ्चालन भएसँगै रोकिएको दर्जनौं सवारी साधन गन्तव्य तर्फ लागेको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो।
दुर्घटनापछि विराटनगरबाट क्रेन ल्याएर सडक खुलाउने प्रयास भएपनि रात परेको र एउटा मात्र क्रेनले नसकेपछि अर्को क्रेन ल्याउँदा समय लागेको हो।https://www.sajhapana.news/news/65733/
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
आइतबार पुन अर्को क्रेन ल्याएर दुइवटा क्रेनको सहायता सडक सञ्चालनमा आएको हो।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : #hot, #असुरक्षित सडक, #दुर्घटना, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्