छठ पर्वको आज दोस्रो दिन

काठमाडौं । छठ पर्वको आज दोस्रो दिन खरना । छठका व्रतालुहरूले आज नुहाएर चोखो भइ साँझपख खीर पकाएर प्रसादका रुपमा चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि व्रतालुले खीर र लौकाको तरकारी खाने गर्दछन् ।
आज व्रतालुले बिहानदेखि पानी पनि नखाएर साँझपख एक छाक मात्र भोजन गर्दछन् । चार दिनसम्म अर्थात सप्तमीसम्म व्रतालुले माछा, मासु, लसुन, प्याज आदी खाँदैनन् ।
कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको छठमा प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माईको पूजा गर्ने गरिन्छ । छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गर्ने विश्वास गरिन्छ ।
छठको व्रतमा एकदमै चोखो भएर संयम तथा ब्रह्मचर्य धर्मको पालना गर्दै बस्नु पर्ने कडा नियम हुन्छ । यो पुरा गरिएन भने छठ पूजाको फल नपाइने विश्वास रहेको छ । त्यसैले पनि छठलाई एउटा कठिन व्रतको रूपमा लिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #छठ पर्व
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्