अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चारजना घाइते भएका छन् । कमलबजार नगरपलिकाबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा बुधबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन लैजाँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कमलबजार–४ का दिनेश साउद र लक्ष्मण थापा तथा वडा नं ८ का वीरेन्द्र विष्ट र देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्