नेपालले ओमानलाई अन्तिम ओभरमा २४ रन बटुल्दै दियो १८५ रनको लक्ष्य
काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो ।
नेपालका गुल्शन झाले ५४ र कप्तान रोहित पौडेलले ५२ रन बनाए । ६० रनमा ४ विकेट गुमाएको अवस्थामा रोहित र गुल्शनबीच ७८ रनको साझेदारी भएको थियो ।
गुल्शन झा २५ बलमा चार छक्का र ५ चौकासहित ५४ रन बनाएर आउट भए । रोहितले ३७ बलमा २ छक्का र ५ चौका हिर्काए । नेपालले अन्तिम ओभरमा २४ रन जोडेको थियो ।
नेपालका कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन बनाएर आउट भए । करन केसीले ६ बलमा २ छक्का र एक चौकासहित २० रनमा अविजित रहे ।
आसिफ शेखले ६ र कुशल मल्लले ३ रनमात्र जोड्न सके । विवेक यादबले १ रन मात्र बनाए । ओमानका बिलाल खानले ३ विकेट लिए । अकिब इल्यासले पनि २ विकेट हात पारे ।
क्याटेगोरी : खेलकुद
ट्याग : #। विश्वकप छनोटको फाइनल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्