भूकम्पमा परि घाइते भएकाहरूको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पमा परि घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आज भएको सर्वपक्षीय छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले भूकम्पमा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताउनु भयो । उहाँले भूकम्पका घाइतेहरूको औषधी उपचारमा कुनै कमी हुन नदिने भन्दै घाइतेहरूको सम्पूर्ण उपचार खर्च प्रदेश सरकार बेहोर्ने बताउनु भयो ।
छलफलमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामाग्री एकद्वार प्रणाली मार्फत वितरण गर्ने, घाइतेहरूको उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने तथा खोज, उद्धार, राहत वितरण कार्य प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने समझदारी भएको छ ।
मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको छलफलमा सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माल, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी, मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गरि तीन वटै सुरक्षा निकायका प्रमुख, दातृ निकाय, विकास साझेदार संस्था, स्वास्थ्य सङ्गठन, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भूकम्पमा परि बझाङको जयपृथ्वी नगरपालिका ११ कि गुनमति धामीको मृत्यु भएको छ । पहिरोमा परि बेपत्ता भएकी उनी आज च्यापिएको अवस्थामा मृत फेला परेकी थिइन् । यस्तै भूकम्पमा परि बझाङमा १८, बैतडीमा २, अछाममा ५ र बाजुरा २ गरि २७ जना घाइते भएका छन् । भूकम्पले प्रदेशका सात पहाडी जिल्लामा गरि ४ सय १० भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पबाट ७६ घर र एउटा सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने ३ सय १ घर तथा ३२ सरकारी भवनमा आंशिक क्षति पुगेको छ । हिजो बझाङ केन्द्र बिन्दु भएर पटकरपटक भूकम्प गएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्