प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौलासहित बालुवाटार पुग्नुभएका ओलीले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको छ ।
गत साउनको क्विण्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको क्षेत्राधिकार विवाद बढेसङ्गै आज बस्ने प्रतिनिधिसभा बैठक अवरुध्द पार्ने एमालेले चेतावनी दिएको छ । भदौ पहिलो साताको सहमतिअनुसार असोज ५ गतेभित्र संसदीय समिति गठन भइसक्नुपर्ने थियो ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दैछ । आजै प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबीच छलफल बोलाउनुभएको छ । बैठक बिहान ११ बजे बालुवाटारमा हुने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्