खानीखोला प्रहरीद्वारा अवैध रुपमा उम्रीएको पाँच हजार वटा गाँजाको बोटबिरुवा फडानी
धादिङ । धादिङ प्रहरीले गाँजा फडानी अभियानलाइ तीब्र पारेको छ । ईलाका प्रहरी कार्यालय खानीखोलाले (शनिबार) बिहान अवैध रुपमा उम्रीएको गाँजाको बोटबिरुवा फडानी गरेको छ ।
प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाहको कमान्डमा खटिएको टोलीले धादिङ थाक्रे गाउँपालिका वडा नंम्बर ५ पोखरेचौर स्थितमा १०० रोपनी जग्गामा आफै उम्रीएका अन्दाजी पाँच हजार वटा अवैध गाँजाको बोट, बिरुवाहरु फडानी गरी नष्ट गरीएको हो ।
प्रहरी निरीक्षक शाहका अनुसार गस्ती गर्दै जाने क्रममा आफू सहित, हाप्सेचौर प्रहरी पोस्टबाट समेत ९ जनाको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा गाँजा देखिएको र चार घण्टा लगाएर नष्ट गरिएको बताए । बिहान साँढे सात बजे गएको टोली साँढे तीन बजे कार्यालय फर्किएका छन् ।
लागूपदार्थ उत्पादन, बेचबिखन र ओसारपसारले समाजलाइ नकरात्मक दिशातर्फ लैजाने र यस्को सेवन गर्नु, गराउनु दुवै दण्डनीय रहेकोले कहि कतै यस्तो गतिविधी भएको पाइए तत्कालै नजीकैको प्रहरी कार्यालयलाइ सुचना दिएर सहयोग गर्न समेत धादिङ प्रहरीले सबैमा अपिल गर्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्