नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
सोमबार बिहान ११ बजे भृकुटीमण्डपमा हुने समारोहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशनको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अनुसार अधिवेशनमा झण्डै १२ सय प्रतिनिधि सहभागि हुनेछन् ।
अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका १ सय ३२ जना छनोट भएका छन् त्यसैगरी काभ्रेबाट १ सय २५ र मकवानपुरबाट १ सय ६ जना तथा धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २ सय ४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । उक्त कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहनेछन् ।
अधिवेशनबाट नेतृत्व हत्याउन झण्डै आधा दर्जन आकांक्षीहरु सक्रिय भएका छन् । प्रदेश अध्यक्ष कार्यकारी पद भएकाले पार्टीको केन्द्रीय सदस्यदेखि पूर्व सांसदसम्म यो दौडमा लागेका छन् ।
एमाले बागमती प्रदेश अध्यक्ष पदका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, रचना खड्का, कैलाश प्रसाद ढुङ्गेल, एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, बागमती प्रदेशका पूर्व सभाुमख सानुकुमार श्रेष्ठ, पूर्व सांसद कृष्णभक्त पोखरेल लगायतले आकांक्षा व्यक्त गरेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्