मदन–आश्रित स्मृति दिवस सङ्ग्रहालय बन्दै मदनको घर
मोरङ । पुरानो काठको दुईतले घर, माथिल्लो तलामा वरिपरि कोठैकोठा । एउटा कोठाबाट छिरेको मानिस भित्रभित्रै सबै कोठामा पुग्न सक्ने ढोका निर्माण । त्यति मात्र होइन, एउटा कोठाको ढोका नखोली अर्को कोठाभित्र छिर्नसक्ने खालका गोप्य छिड्किनी । अनि माथिल्लो तलाको कोठाबाट भित्रभित्रै सुरुङमार्गमार्फत भुइँतलामा आइपुग्ने छुट्टै बाटो छ ।
यही सुरुङमार्ग हुँदै घरबाट पश्चिम निस्किएर नजिकै रहेको खोलामा पुग्न सकिने गरी परिकल्पना गरिएको छ । काठको घर भए पनि माथि नै शौच गर्ने स्थान । प्रायः सबै कोठामा प्रेरक नारा लेखिएका छन् । मोरङको रतुवामाई नगरपालिका–१० स्थित सातपिडीमा रहेको यो घर सामान्य नागरिकको होइन, देशलाई कायाकल्प गर्ने सपना बुनेर राजनीतिमा होमिनुभएका जननेता मदन भण्डारीको हो ।
यो घर कुनै इन्जिनियरले नक्सा बनाएर निर्माण गरिएको थिएन, यसको परिकल्पनाकार हुनुहुन्थ्यो स्वयं भण्डारी । पञ्चायतकालीन प्रतिकूल समयमा नेपालमा कम्युनिस्ट आन्दोलनलाई जनजनमा पु¥याउन भूमिगत राजनीतिमा होमिनुभएका जननेता भण्डारीले प्रहरीबाट बच्नका लागि यस्तो घर निर्माण गर्नुभएको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #मदन–आश्रित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्