पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।आइतबार राति १ बजे तानसेन(तम्घास सडक खण्डमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका(२ का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर भित्तामा ठोक्किएको थियो।
दुर्घटनपछि गम्भीर घाइते अवस्थामा घर्तीलाई तानसेन स्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी थापाले जानकारी दिए।
मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका(१ का २८ वर्षीय प्रकाश थारू घाइते छन्।
उनको मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए।दुर्घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्