नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाणित भएको बताए ।
एकपछि अर्को अपराधको घटना आउन थालेको र यस्ता घटनामा विदेशी नागरिकसमेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको उनको बुझाइ छ । अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको कोइरालाले बताए । अपराध र भ्रष्टाचार रोक्न कांग्रेसले राजनीतिक रूपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेखर कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्