परासीबाट लागूऔषध सहित एक जना पक्राउ
नवलपरासी । प्रतिबन्धित लागूऔषध सहित एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार आज (सोमबार) दिउँसो साँढे दुई वजेको समयमा रामग्राम नगरपालिका वडा नंम्बर ६ पोखरापालीस्थितमा लागुऔषध विक्री गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले ४० बर्षीया गंगोत्री बनियाँलाई नियन्त्रणमा लिइएको हो ।
बानियाँको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकी राखेको बोराको झोलामा ड्राइजेपाम, फेनारगन, बुप्रिनफ्रिन गरी ४२३ एम्पुल , नाइट्राभेट ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस औषधीजन्य लागुऔषध सहित उनलाइ पक्राउ गरेको नवलपरासीका प्रहरी प्रमुख काजीकुमार आचार्यले जानकारी दिए ।
उनी विरुद्ध प्रतिबन्धित लागूऔषध ओसारपसार शीर्षकमा थप अनुसन्धान भइरहेको आचार्यको भनाई छ । एसपी आचार्य नवलपरासीको प्रहरी प्रमुख भएपछि लागूऔषध नियन्त्रणमा यो दोस्रो अप्रेसन हो । यसअघि पनि नवलपरासी प्रहरीले नै ठूलो परिणाममा लागूऔषध नियन्त्रणमा लिइ कार्वाही गरिसकेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्