नयाँ बसपार्क पुलसँगैको बनाइएका टहरा हटाइयो ,सवारी ब्यवस्थापनमा सहज
काठमाडाैँ, २३ बैशाख । नयाँ बसपार्क पुलसँगैको अतिक्रमण गरि बनाइएका ब्यापारिक तथा आसासीय टहरा हटाइएको छ । विष्णुमति करिडोर खुला गराउन जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सडक करिडोर अतिक्रमण गरी बनाइएका टहरा हटाइएको हो ।
यसले वालाजु, गंगोबु, समाखुशी लगायतका क्षेत्रमा हुने जाम लाई घटाउन सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । यस्तै लामो दूरीको वसलाई सहज हुनेछ । नयाँ बसपार्क गेट अगाडि पनि ट्राफिक जाम धैर कम हुने उनको भनाइ छ ।
कालीमाटी, वालाजु, नेपालटार, बाँनियाटार, टोखा, झोर लगायतका क्षेत्रमा जाने साना सवारीलाई पनि सजिलो हुनेछ ।
पछिल्लो सयममा काठमाडौंमा सवारी व्यवस्थापनाका लागि विभिन्न प्रयास थालिएको छ । अनाधकीकृत रुपमा राखिएका टिकट काउन्टर हटाउने र पिक एन्ड ड्रप लागू गर्ने क्रम तीव्र पारिएको छ ।

क्याटेगोरी : विशेष
ट्याग : #टहरा हटाइयो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्