मासुको पैसा उठाउन गएका युवकको रहस्यमय मृत्यु
काठमाडौं असार ८ ।असार ३ गते विहान ११ बजे क्याफेमा मासुको पैसा उठाउन गएका मोरङको धनपालथान गाउँपालिका ४ का अन्सारीको रहस्यमय मृत्यु भएको थियो ।
कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्ने अन्सारीले सो क्याफेमा मासु बिक्री गर्दै आएका थिए । त्यस दिन अन्सारी ४० हजार रूपैयाँ बक्यौता उठाउन भन्दै क्याफे गएको परिवारले जनाएको छ ।
चर्चित र्यापर गिरिश खतिवडाले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा धनपालथान गाँउपालिका ४ का कसिद अन्सारीको रहस्यमय मृत्यु भएको भन्दै सञ्चालक खतिवडासहित ३ जनाविरुद्ध हत्या आरोपमा किटानी जाहेरी परेको हो ।
प्रहरीका अनुसार कासिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक विराटनगर ८ का खतिवडा, क्याफेमा कार्यरत जहदा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर १६ का अनुराग राउतविरुद्ध जाहेरी परेको छ । मृतक कासिदको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको पीडित परिवारले बताए ।
होटल सञ्चालक खतिवडाले क्याफेमै लडेर गम्भीर घाइते भएको भन्दै उनलाई त्यहाँ कार्यरत कर्मचारीहरुले विराट अस्पतालमा उपचारका लागि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको बताएका छन् ।
मृतकका आफन्तले भने क्याफे सञ्चालक खतिवडासहित त्यहाँ कार्यरत तीनजनाले हत्या गरेको किटानी जाहेरीमा उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले खतिवडासहितमाथि किटानी जाहेरी परेको जानकारी दिए ।
‘घटनाको सबै परिस्थितिको पूर्वानुमान गर्दै अनुसन्धान भइरहेको छ । तर, अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन’, डीएसपी दाहालले भने ।
मृतकका अन्सारीका भाइ मासिदले भने मासु बिक्री गरेको पैसा माग्न जाँदा दाजुको हत्या भएको दाबी गरेका छन् । कासिदले जी क्याफेसहित विराटनगरमा एक दर्जन रेस्टुरेन्ट र क्याफेहरूमा मासु बिक्री वितरण गर्दै आएको मासिदले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #रहस्यमय मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्