थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको संख्या दुई सय नाघ्यो
काठमाडौं, १८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७६ जना नयाँ संक्रमित थपिएका छन् ।
पीसीआर र एन्टिजेन विधिबाट एक हजार १५१ जनाको स्वाब परीक्षण गर्दा ७६ जनामा सङ्क्रण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन पनि ३८ जना संक्रमित थपिएका थिए ।
यस्तै, पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या २२७ जना छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना भाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्