कांग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बारा–२ मा जसपाका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको सहमहामन्त्री जिवन परियारले जानकारी दिनुभयो । यसअघि बसेको कार्यसम्पादन समितिको बैठकमा पनि जसपाका उम्मेद्वारलाई नै सघाउनेबारे छलफल भएपनि विवाद हुँदा निर्णय हुन सकेको थिएन । आइतबारको बैठकले भने सर्वसम्मतले निर्णय गरेको हो ।
सहमहामन्त्री पाण्डेले २०७९ को निर्वाचन भन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनु भयो ।
उहाँले २०७९ को निर्वाचन बेलाको हकमा भने उपनिर्वाचनमा नेताहरुले खेलेको भुमिकालाई हेरेर पछि निर्णय लिने बताउनु भयो ।
सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको बताउनुभयो ।
बैठकले अघिल्लो कार्य सम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनको लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #कांग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्