Techie IT
शनिबार, असार ७,२०८२

चितवन २ को उपनिर्वाचन : कांग्रेसबाट उम्मेदवारका लागि ११ जना सिफारिस


चितवन । चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १२ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार आकांक्षी ११ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

गत निर्वाचनमा पराजय भोगेका कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठसहित जिल्ला पार्टी सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, देवेन्द्र गुरूङ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम सिफारिस गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २ चितवनको बैठकले उनीहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाएको क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #चितवन २ को उपनिर्वाचन : कांग्रेसबाट उम्मेदवार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545