टोखा , तारकेश्वर र बुढानिलकण्ठ नगरपालिकामा एकीकृत बिकाश योजना लागी कार्यशाला गोष्ठी
काठमाडौं । काठमाडौंको तारकेश्वर , टोखा र बुढानिलकण्ठ नगरपालिका भित्र सम्पूर्ण प्रकारको भौतिक संरचना निमार्णका लागी सरोकारवाला निकायहरुबिच प्रभावकारी समन्यन गर्ने एकीकृत बिकाश योजना अनुरुप कार्यशाला गोष्टी सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकाश समितिको आयोजना तथा टोखा र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा काठमाडौंमा सो कार्यशाला सम्पन्न भएको हो ।
स्थानिय तहमा बिभिन्न सरोकारवाला निकायहरुको समन्वयका अभावभमा बिकाशका कामले गति लिन नसकेकाले सो गोष्टी उपयोगी भएको र ३ वटा नगरपालिका भित्र बिभिन्न प्रदेश एवं संघका योजनाहरु प्रभावकारी रुपमा सम्पन्न गर्ने यो अभियान फलदायी हुने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको भनाई छ ।

बिभिन्न निकायले समन्वयनको अभावमा स्थानिय निकायले सडक पिँच गर्ने खानेपानी एवं बिधुत प्राधिकरणले पुन भत्काउदा जतालाई कष्ट भएको हुँदा अव एकीकृत बिकाश मोडल अनुरुप काम हुने मेयर अधिकारीले बताउनुभयो ।
प्रस्ताबित ३ नगरपालिकाभित्र नयाँ शहर बस्तीको डिपिआर , रिर्जाजीङ्ग फड , रेन हारबेष्टीङ्ग ,मुख्य सडक , करीडोर लगायतका बिषयलाई अगाडी बढाइएको बताइएको छ ।
कार्यक्रमा तिनवटौ नगरपालिकाका प्रमुख , उपप्रमुख , वडा अध्यक्षहरु सहित अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकाश समितिका अध्यक्ष उद्धव तिमिल्सिना , काठमाडौ उपत्यका बिकाश प्राधिकरणका आयुक्त जानुका ढकाल लगायतको उपस्थीती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एकीकृत बिकाश योजना, #टोखा र बुढानिलकण्ठ नगरपालिका, #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्