खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित दुई जना पक्राउ

चितवन । लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले खैरहनी नगरपालिका वडा नंम्बर २ स्थितबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित खैरहनी नगरपालिका ३ बस्ने ३० बर्षीया बिक्रम गुरुङ र राप्ती नगरपालिका वडा नंम्बर ८ बस्ने २४ को गगन सिंजाली मगरलाई पक्राउ गरेको हो ।
बागमती प्रदेश ०६-००१ प ५६०५ नंम्बरको मोटरसाईकलमा सवार उनीहरु लाई मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा खैरो हेरोईन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले १५ ग्राम लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ सहित मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपर आज (मंगलबार) सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्