भरतपुरबाट ५८५ एम्पुल लागूऔषध र मोटरसाइकलसहित चार जना पक्राउ

चितवन । चितवनको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध तथा मोटरसाईकल सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले हिजो (शनिबार) बिहान भरतपुर महानगरपालिका १ स्थित सडक खण्डबाट प्रतिबन्धित २८५ एम्पुल लागूऔषध सहित पर्सा निर्मलवस्ती घर भई हाल कालिका नगरपालिका १ मा डेरा गरी बस्ने २९ बर्षीया बिकाश स्याङतान र सोही ठाउँ बस्ने २७ बर्षीया बिकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
पुल्चोकबाट आँपटारीतर्फ जाँदै गरेको अवस्थामा उनीहरू सवार ना २८ प २७०८ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागूऔषध डाईजेपाम ९५ एम्पुल, ब्युनोर्फिन ९५ एम्पुल र फेनार्गन ९५ एम्पुल गरी २८५ एम्पुल र मोटरसाईकलसहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
त्यस्तै, शनिबार नै प्रहरीले भरतपुर महानगरपालिका वडा नंम्बर १ स्थित पोखरा बसपार्क टोलबाट समेत तीन सय एम्पुल लागूऔषधसहित भरतपुर महानगरपालिका वर्डा नम्बर २६ बस्ने २८ बर्षीया ओम बहादुर बस्यौला र सोही ठाउँ बस्ने २७ बर्षीया अजय बि.कलाई समेत नियन्त्रणमा लिएको छ ।
उनीहरूको डेरामा प्रहरीले खानतलासी गर्दा लुकाईछिपाई राखिएको अवस्थामा लागूऔषध डाईजेपाम एक सय एम्पुल, नुफिन एक सय एम्पुल र फेनार्गन एक सय एम्पुल गरी तीन सय एम्पुल लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका चारै जनाउपर सम्मानित चितवन जिल्ला अदालतबाट लागूऔषध कसुर ऐन अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्