भरतपुरबाट ५८५ एम्पुल लागूऔषध र मोटरसाइकलसहित चार जना पक्राउ
चितवन । चितवनको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध तथा मोटरसाईकल सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले हिजो (शनिबार) बिहान भरतपुर महानगरपालिका १ स्थित सडक खण्डबाट प्रतिबन्धित २८५ एम्पुल लागूऔषध सहित पर्सा निर्मलवस्ती घर भई हाल कालिका नगरपालिका १ मा डेरा गरी बस्ने २९ बर्षीया बिकाश स्याङतान र सोही ठाउँ बस्ने २७ बर्षीया बिकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
पुल्चोकबाट आँपटारीतर्फ जाँदै गरेको अवस्थामा उनीहरू सवार ना २८ प २७०८ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागूऔषध डाईजेपाम ९५ एम्पुल, ब्युनोर्फिन ९५ एम्पुल र फेनार्गन ९५ एम्पुल गरी २८५ एम्पुल र मोटरसाईकलसहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
त्यस्तै, शनिबार नै प्रहरीले भरतपुर महानगरपालिका वडा नंम्बर १ स्थित पोखरा बसपार्क टोलबाट समेत तीन सय एम्पुल लागूऔषधसहित भरतपुर महानगरपालिका वर्डा नम्बर २६ बस्ने २८ बर्षीया ओम बहादुर बस्यौला र सोही ठाउँ बस्ने २७ बर्षीया अजय बि.कलाई समेत नियन्त्रणमा लिएको छ ।
उनीहरूको डेरामा प्रहरीले खानतलासी गर्दा लुकाईछिपाई राखिएको अवस्थामा लागूऔषध डाईजेपाम एक सय एम्पुल, नुफिन एक सय एम्पुल र फेनार्गन एक सय एम्पुल गरी तीन सय एम्पुल लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका चारै जनाउपर सम्मानित चितवन जिल्ला अदालतबाट लागूऔषध कसुर ऐन अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्