मोबाईल चोरलाइ सुटुक्क छाड्ने खोलेसिमलका असईको जिम्मेवारी खोसियो, डिएसपी भन्छ : मलाई थाहा छैन
चितवन । आर्थिक लेनदेनको आशंकामा प्रहरी चौकी खोलेसिमलका प्रहरी सहायक निरीक्षक (असई) टेक प्रसाद तिमिल्सिनालाई हटाइएको छ । मंगलबार दुई जना मोबाईल चोरलाइ पक्राउ गरी आफू भन्दा माथिल्लो निकायलाई जाहेर नगरी सुटुक्क छाडिएको भन्दै ईलाका प्रहरी कार्यालय रत्ननगरले उनलाई त्यहाँको जिम्मेवारीबाट हटाइएको हो ।
प्रहरी स्रोतका अनुसार मंगलबार मोबाईल चोरी गरेको आरोपमा रत्ननगर नगरपालिका १२ का एक युवा र कालिका नगरपालिका ६ का अर्का एक युवालाई खोलेसिमल प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको बिषयमा आफू भन्दा माथिल्लो निकायमा जाहेर नै नगरी सुटुक्क छाडिएको भन्दै उनको जिम्मेवारी खोसिएको हो ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा थन्क्याइएको छ । असोज ७ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी चौकी खोलेसिमल गएका असई तिमिल्सिनाले उन्मुक्ति दिएका एक जनालाइ मंगलबार राती नै प्रहरीले पक्राउ गरेको थियो भने अर्का एक जनालाई पक्राउ परेकाको बयानका आधारमा प्रहरीले बुधबार मात्रै पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवैलाई अहिले ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरुसंग गरिएको सोधपुछका क्रममा खोलेसिमलका असई तिमिल्सिनाको भुमिका शंकास्पद देखियो । प्रहरी स्रोत भन्छ : त्यसलगत्तै उनलाई बुधबार ईलाका प्रहरी कार्यालय रत्ननगर तानेर उनको ठाउँमा प्रहरी सहायक निरीक्षक राज कुमार राय यादवलाई पठाइएको छ ।
स्रोतका अनुसार घट्नामा प्रहरीको संलग्नता रहेको पाइएपछि उनलाई टाँडी प्रहरीले जिल्लामा रवाना गरिएको हो । पक्राउ परेका दुवै जनासंग आर्थिक लेनदेन गरी छाडिएको सूचना बाहिरिएसंगै चितवन प्रहरी बिवादित बनेको छ ।
कार्यक्षमतामा अत्यन्तै कमजोर रहेका ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल कुमार खड्काको कमजोर पुलिसिङका कारण पछिल्लो समय टाँडी प्रहरीभित्र समेत बेथिति बढ्दै गएको छ । यता, जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी बिजयराज पण्डितले भने आफूलाई यस बिषयमा केही थाहा नभएको बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्