Techie IT
शनिबार, जेठ १६,२०८३

बुवाआमाको कुटाइबाट बनेपामा ३ वर्षीय बालकको मृत्यु


 माघ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टकुचा नालामा मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गरी तीन वर्षीया बालकको हत्या गरेका छन्।

दाङको घोराही नगरपालिका–९ स्थायी घर भई हाल बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तिलकराम विमलका बाबु र उर्मिला सौतेनी आमा हुन्। तिलकराम र उर्मिलाको कुटपिटपछि विमलको माघ १३ गते मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउनुभयो।


क्याटेगोरी : समाचार
ट्याग : #बालकको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्