डिआईजी दिपक थापाद्वारा मकवानपुर प्रहरी कार्यालयको निरीक्षण

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दिपक थापाले (आइतबार) जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण गरेका छन् । उनले मकवानपुर प्रहरी कार्यालयको निरीक्षण र सुरक्षाको अवस्थाको बारेमा विस्तृत जानकारी लिइएका हुन् ।
डिआईजी थापाले कार्यालयहरुको वस्तुस्थिति र सम्पादित कार्यहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका विभिन्न शाखाहरुको निरीक्षण गरेका थिए । उनलेे प्रहरी हिरासत कक्षको समेत निरीक्षण गरेका छन् ।
निरीक्षण तथा अवलोकन भ्रमण पश्चात् प्रदेश प्रहरी प्रमुख थापाले आफूलाई दिईएको जिम्मेवारी प्रभावकारी ढंगले, उच्च मनोवल र अनुशासित तवरले सम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिदै उनलेे आफूलाई दिइएको जिम्मेवारी प्रभावकारी ढंगले, उच्च मनोवल र अनुशासित तवरले सम्पादन गर्न प्रहरी कर्मचारीलाई आवश्यक विभागिय निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
सकभर घटना घट्नै नदिने यदि घटना घटिहालेमा सफल अनुसन्धान गरी अपराधिलाई कानुनी प्रकृयामा लैजान नागरीकमैत्री व्यवहार गर्न, मानव अधिकारको उच्च सम्मान गर्न, अनुशासनमा रहि अनुशासित भइ काम गर्ने डिआईजी थापाले मकवानपुर प्रहरीलाई निर्देशन दिएका थिए । आफ्नो निकायको प्रमुखबाट समयसापेक्ष निर्देशनले मकवानपुरका प्रहरीका अधिकृत तथा जवानमा समेत मनोवल बढाएको छ ।
प्रहरी चौकीको अवस्था भौगोलिक विकटता, घट्न सक्ने घटनाकोबारे चनाखो रहन समेत उनलेे मकवानपुरका प्रहरी प्रमुख गौतमलाई निर्देशन दिए । उनलेे आजै नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा बागमती प्रदेश प्रहरी गण हेटौंडाको समेत निरीक्षण तथा अवलोकन भ्रमण समेत गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्