मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, प्रदेश सभा विपक्षीविहीन
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मुख्यमन्त्री यादवलाई बैठकमा उपस्थित १०२ जना सदस्यबाटै सर्वसम्मत रुपमा विश्वासको मत प्राप्त भएको हो । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उहाँले विश्वासको मत पाउनुभएको हो ।
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको बैठकमा घोषणा गर्नुभयो । मधेश प्रदेशमा १०७ जनामध्ये २ जना सर्वोच्च अदालतको आदेशका कारणले शपथ नलिएको र हाल कायम १०५ मध्ये ३ जना प्रदेश सभाका सदस्य अनुपस्थित रहनुभएको थियो ।
मुख्यमन्त्री यादवले नेकपा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा चार जना स्वतन्त्र गरी १०२ प्रदेश सांसदको समर्थन प्राप्त गर्नुभएको हो ।
सभामुख रामचन्द्र मण्डल मुख्यमन्त्री माथिको विश्वासको मतमा तटस्थ बस्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मधेस प्रदेश, #सरोजकुमार यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्