गण्डकी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल
गोरखा । गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले पछाडि पार्दै धिताल सभामुखमा निर्वाचित भएका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत ल्याएकी छन् । प्रदेशसभा बैठकमा ५८ जना सांसद सहभागी थिए ।
शनिबार बसेको प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा धिताललाई सांसद फणीन्द्र देवकोटाले सभामुखको लागि प्रस्ताव पेस गरेका थिए भने एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले समर्थन गरेका थिए । संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल सभामुखमा पदमा निर्वाचित भएका हुन् ।
भिमसेन गाउँपालिका-२ का धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले पक्षमा मत दिएका थिए ।
स्याङ्जाको वालिङ नगरपालिका-८ कि तिवारी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । तिवारीलाई सांसद डिल्लीराम सुवेदीले प्रस्ताव प्रस्तुत गरेका थिए भने टकराज गुरूङले समर्थन गरेका थिए । शनिबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो । सोही मिति अनुसार माघ २ गते १५ दिन पुग्छ । ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका २२, राप्रपाका २, स्वतन्त्र सांसद र प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको कांग्रेसका २७ सांसद रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण धिताल, #गण्डकी प्रदेशसभा, #सभामुख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्