मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँगै चार मन्त्रीद्वारा शपथ
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उहाँले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिनुभएको थियो ।
मुख्यमन्त्री यादवको सिफारिस नियुक्त तीन बिना विभागीयमन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । नवनियुक्त तीन मन्त्रीहरू नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी ९जसपा० का सञ्जय यादव र जनमत पार्टीका वसन्तप्रसाद कुशवाहाले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।
सत्ता गठबन्धन दल र दुई सदस्यसहित ६३ जनाको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि समर्थन गर्ने तयारी गरेको जनाइएको छ । नौ सदस्य रहेको लोसपाले समर्थन गरेमा उहाँलाई ७२ सदस्यको समर्थन हुनेछ ।
शपथग्रहण समारोहमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जसपा प्रतिनिधिसभा संसदीय दलका नेता रामसहायप्रसाद यादव, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलगायत नेता तथा सरकारी अधिकारीको उपस्थिति रहेको थियो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #मधेस प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्