उत्पादन वृद्धि गर्न नसकिंदा अर्थतन्त्रमा चुनौती थपिएको छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसकिंदा अर्थतन्त्रमा चुनौती थपिएको बताएकी छन् । आइतबार परिसंघको तस्रो साधारणसभालई सम्बोधन गर्दै राष्ट्रपछि भण्डारीले अर्तथन्त्रमा देखिएको तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पदानमुकल क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले अर्थतन्त्रमा चुनौती थपिएको बताइन् ।
‘आत्मनिर्भर अर्थतन्त्रको निर्माण राष्ट्रिय पूँजी परिचालनमा बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका महत्वपूर्ण छ । पूँजी परिचालनको उद्देश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन’ उनले भनिन् ।
बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्नुपर्ने राष्ट्रपछि भण्डारीको भनाइ छ ।
‘आन्तरिक उत्पादन बढाउन र उत्पादनशीलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण र यसैमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिनेछ,’ उनले भनिन्, ‘ त्यसमा बैंकहरूको महत्वपूर्ण भूमिका हुन्छ । आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र पूँजी परिचालन आजको आवश्यकता हो ।’
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपति, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्