बागलुङमा लागूऔषधसहित एक जना पक्राउ
बागलुङ । बागलुङ प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका वडा नंम्बर ०४ तग्राम बस्ने २४ बर्षीया आकाश श्रीष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनलाई हिजो (शनिबार) दिउँसो चार बजे बागलुङ नगरपालिका वडा नंम्बर ०४ उपल्लाचौर स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले फेनारगन १३ एम्पुल, बुप्रिनोरफिन १३ एम्पुल, डाइजेपाम १३ एम्पुल गरी एकमुष्ठ ३९ एम्पुल लागू औषध बरामद गरेको छ । उनी विरुद्ध लागूऔषध कसुर अन्तर्गत सम्मानित बागलुङ जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्