मधेस प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा आह्वान

काठमाडौँ । मधेस प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा आह्वान गरिएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १८ पुस १ बजेका लागि बैठक आह्वान गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताए। त्यसैगरी, बिहीबार नै प्रदेश प्रमुख मिश्रले प्रदेश सभामा ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादी पार्टीका सांसद गोविन्दबहादुर न्यौपानेलाई पद तथा गोपनीयताका शपथ गराएका थिए।
यसैबीच, नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य न्यौपानेले आज शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #मधेस प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्