मधेस प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा आह्वान
काठमाडौँ । मधेस प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा आह्वान गरिएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १८ पुस १ बजेका लागि बैठक आह्वान गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताए। त्यसैगरी, बिहीबार नै प्रदेश प्रमुख मिश्रले प्रदेश सभामा ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादी पार्टीका सांसद गोविन्दबहादुर न्यौपानेलाई पद तथा गोपनीयताका शपथ गराएका थिए।
यसैबीच, नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य न्यौपानेले आज शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #मधेस प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्