सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ
धनगढी । नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
धनगढीस्थित प्रदेशसभा बैठक हलमा प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।
त्यसअघि, सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य रावललाई प्रदेशसभा सदस्यको शपथ गराउनु भएको थियो ।
सुदूरपश्चिम प्रदेशसभामा रहनुभएका ५३ सदस्यीय मध्ये ६ जना प्रदेशसभा सदस्यले आज मातृ भाषा (थारु)मा शपथ लिनुभयो ।
यसैबिच प्रदेशसभाको पहिलो बैठक पुस १८ गते दिउसो १ः०० बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्