नेकपा एमाले मधेश प्रदेश कमिटीमा चुनावको विषयमा समीक्षा

जनकपुरधाम । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा नेकपा एमालेले मधेश प्रदेशमा प्राप्त गरेको उपलब्धिको विषयमा जनकपुरधाममा समीक्षा गरेको छ ।
प्रदेश स्तरीय समीक्षा बैठकमा प्रतिनिधि सभामा निर्वाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरूको बीचमा सम्पन्न चुनावको समीक्षा भएको धनुषाको निर्वाचन क्षेत्र नंं ३ को ख वाट निर्वाचित हुनु भएका प्रदेश सभाका सदस्य दीपेन्द्र ठाकुरले जानकारी दिनु भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष तर्फ मधेश प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ । प्रतिनिधि सभामा ९ तथा प्रदेश सभामा १५ जना प्रत्यक्ष रुपमा निर्वाचित भए पनि समानुपातिकमा काँग्रेस भन्दा कम मत प्राप्त गरेको विषयमा पनि समीक्षा बैठक भएको छ । अगामी दिनमा समानुपातिक तर्फ पनि पहिलो पार्टी बनाउने विषयमा आजै देखि लाग्ने विषयमा पनि छलफल भएको पनि प्रदेश सभा सदस्य ठाकुरले बताउनु भयो ।
मधेश प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको समीक्षा बैठकमा नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज रघुवीर महासेठले प्रदेश कमिटीको सक्रियताका कारणले मधेश प्रदेशमा नेकपा एमाले प्रत्यक्ष तर्फ ठूलो पार्टी बन्नमा सफल भएकोमा सबैलाई धन्यवाद दिनुभयो ।
उहाँले निर्वाचनमा नेकपा एमाले प्रति जनताको विश्वास एवं भरोसामा खरो रुपमा उत्रनका लागि सबै निर्वाचित हुनु भएका प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरूलाई आग्रह गर्नु भयो । प्रदेश कमिटीको अर्को बैठक पुस ९ गते हुने र त्यसमा अनिवार्य रुपमा सबै नव निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरूलाई उपस्थितिका लागि बैठकले आग्रह गरेको छ ।
बैठकमा नव निर्वाचित हुनु भएका प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरूलाई दोसल्ला ओढाएर मधेश प्रदेशका इन्चार्ज एवं नव निर्वाचित प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठले सम्मान गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्