स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायम
स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पारेका हुन् ।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले ३ हजार ९०१ एक मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अर्यालले ३ हजार २४७ मत पाएकी छन् । हालसम्म अर्यालले गल्याङ नगरपालिका–६ बाट पाँच सय ७२, वडा नं ७ बाट एक हजार तीन सय नौ, भीरकोट नगरपालिका–५ बाट चार सय २३, वडा नं ६ बाट तीन सय ४४ र वडा नं ७ बाट दुई सय ७२ मत प्राप्त गरेकी छन् ।
यस्तै कांग्रेस उम्मेदवार गुरुङले गल्याङ नगरपालिका–६ बाट चार सय ३८ र वडा नं ७ बाट चार सय ४२ तथा भीरकोट नगरपालिका–५ बाट आठ सय २३, वडा नं ६ बाट पाँच सय एक र वडा नं ७ बाट सात सय पाँच मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय ८९ मतसहित तेस्रो स्थानमा छन्।
स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६ र ७ को मतगणना सकिएको छ । यहाँ कूल छ हजार ८२६ मत खसेको थियो । यसमध्ये छ हजार ५९६ मत सदर भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धनराज गुरुङ, #पद्माकुमारी अर्याल, #स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्