मेयर हर्क साम्पाङको चेतावनी : पानी ल्याउन सहयोग नगरेमा धरान नआउनू

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी १ बाट निर्वाचित हुने सांसदलाई कोशीको पानी ल्याउन सहयोग नगरेमा धरान नआउन चेतावनी दिएका छन् ।
शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्, ुजो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नु पर्छ । अन्यथा वहाँ धरान नआए पनि हुन्छ ।ु
मेयरमा निर्वाचित भएपछि उनले धरान नगरवासीलाई कोशीको पानी ल्याएर खुवाउने प्रतिबद्धता व्यक्त गरेका थिए । पछिल्लो समय धरान आसपासका खोलाबाट उनले पानी ल्याएर खुवाउनसमेत थालिसकेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा साम्पाङले धरान उपमहानगरपालिकामा खानेपानीलाई मुख्य मुद्दा बनाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरान उपमहानगरपालिका, #हर्क साम्पाङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्