झापा – ५ मा केपी ओली र २ मा देवराज घिमिरेको अग्रता कायमै
झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले एक एक ठाउँमा अग्रस्थान बनाएका छन् ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिनुभएको छ भने क्षेत्र नं २ मा नेकपा एमालेका देवराज घिमिरे तथा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ ।
क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिनुभएको छ, भने झापा क्षेत्र नं ४ मा स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले अग्रता लिनुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले १३ हजार आठ सय ५० मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले आठ हजार ६४९ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा एमालेका घिमिरेले नौ हजार दुई सय २५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले आठ हजार एक सय १६ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पाँच हजार दुई सय ६५ मत प्राप्त गर्दा कांग्रेसका कृष्णप्रसाद सिटौलाले तीन हजार सात सय ८८ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ४ मा घण्टी स्वतन्त्र पार्टीका शम्भु ढकालले छ हजार आठ सय ७९ मत प्राप्त गर्दा एमालेका लालप्रसाद सावाले छ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं ५ मा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले १३ हजार दुई सय ७८ मत प्राप्त गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले सात हजार सात सय पाँच मत प्राप्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओली, #देवराज घिमिरे, #विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्