गठबन्धनका कार्यकर्ताद्वारा रवि लामिछानेको गाडी तोडफोड
काठमाडौं । चितवन राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको एउटा गाडीमा तोडफोड भएको छ ।
आइतबार घरदैलोका क्रममा मुग्लिन पुगेको गाडीमा का सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको हो ।
सत्ता गठबन्धनका कार्यकर्ताले गाडी तोडफोड गरेका हुन् । तोडफोडबाट बा १४ च ७६८४ नम्बरको गाडीको सीसा फुटेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।
गाडीमा आक्रमण गर्दा पनि प्रहरी मुकदर्शक भएर बसेको र तोडफोड गर्ने व्यक्तिलाई पक्राउ नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गठबन्धनका कार्यकर्ताद्वारा रवि लामिछानेको गाडी तोडफोड, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्