पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउनेछौँ : शेर बहादुर देउवा
बैतडी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बैतडीको पाटनमा आयोजित चुनावी बृहत् आमसभाको सम्बोधन गर्नुभएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माणको प्रक्रिया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माणको प्रक्रिया थालनी गर्ने बताउनुभयो ।सेती र महाकाली नदिमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले उक्त परियोजनाहरू बनाउन जरुरी रहेको बताउनुभयो । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउद्देश्यीय परियोजनाको काम आगामी सरकारले सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका लागी आसन्न मङ्सिर ४मा हुने चुनावमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी सरकार बाम लोकतान्त्रिक गठबन्धनको बनेमा सुदूरपश्चिमको विकासलाई प्राथमिकता दिने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउनेछौँ : प्रधानमन्त्री देउवा, #शेर बहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्