Techie IT
मंगलबार, वैशाख २३,२०८२

साफ यू-१५ च्याम्पियनसिप : लगातार तेस्रो जितकाे लक्ष्यमा नेपाल


बंगलादेशमा जारी चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ ।

नेपाल भुटानलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघि नेपालले भुटानलाई ७–० र बंगलादेशलाई १–० ले पराजित गरेको थियो ।

भुटान पहिलो जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ । प्रतियोगिताबाट बाहिरिसकेको उसले यसअघि नेपालसँग ७–० र घरेलु टोलीसँग ८–० तथा ९–० को फराकिलो हार बेहोर्‍यो ।

यस प्रतियोगिताअघि यी दुई टोलीले तीनपटक एकअर्काको समान गरेका थिए । जसमा भुटानले एक खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

२०१७ को पहिलो भेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । २०१८ मा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पेनाल्टी सुट आउटमा ४–३ ले पराजित भएको थियो ।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो। २०१९ को पछिल्लो भेटमा पनि यी दुईले १–१को बराबरी खेलेका थिए ।

यदि नेपालले आज जित वा बराबरीको नजिता निकाले प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग बराबरी खेल पनि उपाधि हात पार्नेछ । तर, हारेको खण्डमा भने नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्नैपर्ने दबाब हुनेछ ।

प्रकाशित मिति स् ७ घण्टा अघि,


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #लगातार तेस्रो जितकाे लक्ष्यमा नेपाल, #साफ यू-१५ च्याम्पियनसिप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545