नेकपा एसको जुम्ला जिल्ला कमिटी एमालेमा समाहित
जुम्ला । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जुम्ला जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउनका लागि सिंगो समाजवादी कमिटी नै एमालेमा समाहित भएको दुवै पार्टीका जिल्ला अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी एमालेमा समाहित भएको घोषणा गरेका हुन्।
विज्ञप्तिमा ‘एमाले जुम्लाले कार्तिक ७ गते वाम एकता लगायत मूल घर फिर्ताका लागि गरिएको सार्वजनिक अपिल समेतलाई मध्यनजर गर्दै एमालेमाथि गरिएको चौतर्फी घेराबन्दीलाई तोड्न एमाले जिल्ला कमिटी जुम्ला र नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी जुम्ला’ बीच पार्टी एकीकरण गरेको घोषणा गर्दै ‘एमालेलाई विशाल, एकतावद्ध र सुदृढ संगठन निर्माण गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेको प्रगतिशील सरकार बनाउने’ उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #नेकपा एमाले, #नेकपा एसको जुम्ला जिल्ला कमिटी एमालेमा समाहित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्