नेकपा एसको जुम्ला जिल्ला कमिटी एमालेमा समाहित

जुम्ला । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जुम्ला जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउनका लागि सिंगो समाजवादी कमिटी नै एमालेमा समाहित भएको दुवै पार्टीका जिल्ला अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी एमालेमा समाहित भएको घोषणा गरेका हुन्।
विज्ञप्तिमा ‘एमाले जुम्लाले कार्तिक ७ गते वाम एकता लगायत मूल घर फिर्ताका लागि गरिएको सार्वजनिक अपिल समेतलाई मध्यनजर गर्दै एमालेमाथि गरिएको चौतर्फी घेराबन्दीलाई तोड्न एमाले जिल्ला कमिटी जुम्ला र नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी जुम्ला’ बीच पार्टी एकीकरण गरेको घोषणा गर्दै ‘एमालेलाई विशाल, एकतावद्ध र सुदृढ संगठन निर्माण गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेको प्रगतिशील सरकार बनाउने’ उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #नेकपा एमाले, #नेकपा एसको जुम्ला जिल्ला कमिटी एमालेमा समाहित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्