मिचिएको नेपाली भूमि फिर्ता गरिने छ : केपी ओली
दार्चुला । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च जमिन मिच्न र मिचिन नदिने बताउनुभएको छ ।
एमालेको देशव्यापी चुनावी अभियानको दार्चुलाबाट सुरुवात गर्नुहुँदै अध्यक्ष ओलीले दार्चुलामा मिचिएको नेपाली भूमि फिर्ता गरिने बताउनुभयो । उहाँले यो अभियान दार्चुलाबाट सुरु हुनुमा राष्ट्रियता र विकास पहिलो प्राथमिकतामा रहेको समेत बताउनुभयो ।
पछाडि परेको क्षेत्रको विकासका लागि नेकपा एमाले जहिल्यै पनि जनताको साथमा रहेको बताउँदै उहाँले आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रको मिचिएको भू–भाग समेटेर चुच्चे नक्सामा समेटिएको समेत बताउनुभयो ।
दार्चुलाको विकास र समस्याका बारेमा आफु जनकार रहेको बताउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा धेरै कामहरू भएको समेत दाबी गर्नुभयो । उहाँले दार्चुलाको तिंकर सडक निर्माणमा महाकाली नदी तटबन्ध प्राथमिकतामा रहेको बताउनुभयो ।
सदरमुकामको प्रमुख समस्या महाकाली नदीको कटान रहेको बताउँदै उहाँले भन्नुभयो, “नदीको पानीको बहाव सर्दैमा सीमा सर्दैन ।” उहाँले आफ्नो कार्यकालमा दार्चुलामा तुइनहरूको स्थानमा झोलुङ्गे पुलहरू बनेको र दार्चुला –धारचुला मोटर पुल छिट्टै निर्माण सुरु गरिने पनि बताउनुभयो ।
खलंगामा भएको चुनावी तथा अभियान उद्घाटन गर्न हेलिकप्टरमार्फत दार्चुला पुग्नुभएका अध्यक्ष ओलीले दार्चुला खलङ्गास्थित स्वर्गीय नेता प्रेम सिंह धामीको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।
अध्यक्ष ओलीले आजै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।
यसअघि ओली २०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुग्नुभएको थियो । ९ वर्षपछि पुनः ओली चुनावी सभाको लागि दार्चुला आउनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले, #मिचिएको नेपाली भूमि फिर्ता गरिने छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्