कास्की –३ प्रतिनिधिसभा निर्वाचन : ‘जीवन’ र ‘बैरागी’ बीचमा प्रतिष्पर्धा
कास्की।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ ।
कास्की ३ मा सत्ता गठनबन्धनबाट नेकपा ९माओवादी केन्द्र ० का रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा ९एमाले०का दमोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुने देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा दुवै उम्मेदवारले खाता खोल्ने दाउमा हुनेछन् । एमालेको तर्फबाट पौडेल एक्लै चुनावी मैदानमा होमिनुभएको हो भने बराल लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार हुनुहुन्छ ।
सिट बाँडफाँटमा कास्कीमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजपादी र माओवादीले एक÷एक सिट पाएको थियो । सोहीअनुसार माओवादीले बराललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । बराल गण्डकी प्रदेश सरकारको अर्थ मन्त्री हुनुहुन्छ । उहाँ प्रतिनिधिसभामा पहिलोपटक जाने प्रतिष्पर्धामा हुनुहुन्छ भने पौडेल पनि पहिलो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
सो क्षेत्रमा यसअघि एमालेका जगतबहादुर विश्वकर्मा विजयी हुनुभएको थियो । विसं २०७४ मा उहाँले माओवादीको साथ पाएर चुनाव जित्नुभएको थियो । उहाँले कांग्रेसका शुक्रराज शर्मालाई पराजित गर्नुभएको थियो । त्यसबेला विश्वकर्माले ३२ हजार छ सय ९० मत ल्याएर जित्दा शर्माले २४ हजार तीस सय चार मत ल्याउनुभएको थियो । करिब आठ हजार तीस सय मतान्तर रहेको आँकडालाई विश्लेषण गर्दै एमालेले यो पटक पनि चुनाव जित्ने दाउमा छ ।
आसन्न निर्वाचनमा एमाले विगतको विरासत जोगाउने कसरत गर्नेछ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० बनेको छ । अहिलेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।
यस निर्वाचन क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकासहित पोखरा महानगरपालिकाका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ गरी ११ वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अन्नपूर्णमा एमाले र माछापुच्छ«ेमा कांग्रेसले जितेको छ । महानगरको ११ वडामध्ये तीन वडा एमालेले सात वडा कांग्रेस र एउटा वडा स्वतन्त्रले वडाध्यक्ष पदमा जितेका थिए ।
स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २९ हजार आठ सय पाँच मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार आठ सय ४६ मत प्राप्त गरेका थिए । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले दुई हजार चार सय र एकीकृत समाजवादीका वडाध्यक्षले पाँच सय एक मत पाएका थिए ।
कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा ९क० मा ५२ हजार आठ सय ६२ र प्रदेशसभा ९ख० मा ४८ हजार आठ सय ५३ मतदाता छन् । यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १५ उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा ९क० मा सात जना र ९ख० मा छ जना चुनावी प्रतिस्पर्धामा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #\, #कास्की –३ प्रतिनिधिसभा निर्वाचन : ‘जीवन’ र ‘बैरागी’ बीचमा प्रतिष्पर्धा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्