काठमाडौँमा पनि छठ पर्वको तयारी शुरु
काठमाडौँ । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौँमा पनि शुरु भएको छ ।
गुह्येश्वरी र गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ । तिहार सकिएसँगै छठको तयारीमा सुरु भएको हो । चार दिनसम्म विशेष रुपमा मनाइने छठ पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिबाट सुरु भएको छ ।
‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । निरामिष ९सात्त्विक० भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ ।
श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्त्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा, गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउमा बनाइने खास परिकार, भुसुवा, कसार र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ ।
पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को ९पातगुवो० सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँमा पनि छठ पर्वको तयारी शुरु, #छठ पर्व
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्