डडेलधुरामा काँग्रेसको वडा समितीले निर्वाचन बहिष्कार गर्ने, देउवाले विकासका काममा वेवास्ता गरेको आरोप

शेरबहादुर देउवाले वेवास्ता गरेको भन्दै काँग्रेस वडा समितीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । सभापति देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा कांग्रेसको वडा समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने भएको छ ।
जिल्लाको भागेश्वर गाउँपालिका–५ को कांग्रेसको वडा समितिले वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो।
चुनाव बहिष्कार गर्दै कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।
वडा कमिटीले ती माग सम्बोधनका सम्बन्धमा जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग मात्र कुरा गर्ने कुरासमेत उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्